म मेयरको उम्मेदवार होइन,मेरो लागी उर्जा क्षेत्रकै जिम्वेवारी ठुलो हो : कुलमान

काठमाण्डौं, ७ बैशाख ।
कुलमान घिसिङले आफू स्थानीय निकायको निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन । नेकपा माओवादी केन्द्रले काठमाडौंको मेयरमा उठाउने चर्चा चुलिएका बेला घिसिङले आफू मेयरको लागि उम्मेदवार नहुने स्पष्ट गरेका हुन ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कुलमानले आफूलाई अहिले मेयरको भन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो हुने बताएका छन । उनले ऊर्जा क्षेत्रमा सक्रिय आफू अहिले यसबाट बिचलित नहुने बताएका छन ।
माओवादी केन्द्रका केही नेताहरुले लोडसेडिङ हटाएर लोकप्रियता कामएका कुलमानलाई काठमाडौंको मेयर बनाउनुपर्ने मत राखेका छन । त्यसैका आधारमा विभिन्न सञ्चारमाध्यमले कुलमान काठमाडौंको मेयरको दावेदार हुने समाचार सम्प्रेशित गरेका थिए ।
तर, कुलमानले आफूले ऊर्जा क्षेत्रमा लिएको जिम्मेवारी मेयरको भन्दा ठूलो हुने बताउँदै त्यसको खण्डन गरेका छन ।